FAQs Complain Problems

मटिहानी नगरपालिकामा शैक्षिक समाग्री वितरण

शैक्षिक समाग्री वितरण pic1
शैक्षिक समाग्री वितरण pic2
शैक्षिक समाग्री वितरण pic3

समुदायिक सिकाइ केन्द्र र मटिहानी नगरपालिकाकाे सहयाेगमा २५ जना वालवालिकाहरूलाइ पोशाक एंव शैक्षिक समाग्री वितरण 

            महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ७ स्थित मटिहानीमा संचालित वैकल्पिक सिकाइ केन्द्रमा अध्यनरत वालवालिकाहरूलाइ पोशाक एंव शैक्षिक समाग्री किट वितरण गरिएको छ ।

                   मटिहानी नगरपालिका र यूनिसेफको सहयोगमा समुदायिक सिकाइ केन्द्र मटिहानीमा अध्यनरत २५ जना वालवालिकाहरूलाइ पोशाक एंव शैक्षिक समाग्री किट एक कार्यक्रम वीच प्रदान गरिएको थियो । उक्त्त  कार्यक्रममा सहभागी पुर्व मन्त्री एवं सांसद शरत सिंह भण्डारीले केन्द्रमा अध्यनरत वालवालिकाहरूलाइ पोशाक एंव शैक्षिक समाग्री किट वितरण गर्नुभयो । कार्यक्रममा उहाँले शिक्षा र स्वास्थय हाम्रो संवैधानिक र मैालिक हक हो भन्नु भयो। उहाँले आफ्नो सम्मान र संस्कृतिका लागि सबैले शिक्षामा जोड दिन आग्रह गर्नुभयो ।पुर्व मंत्री भण्डारीले सबै वालवालिकालाइ विधालय पठाउनु पर्ने भन्नु हुदै अबको केहि वर्ष भित्र शिक्षा र विकाशमा यो प्रदेश अगाडि बढने पनि भन्नुभयो । समुदायिक सिकाइ केन्द्र मटिहानीको अध्यक्ष श्याम कुमार मण्डलको सभापतित्वमा सम्पन्न कार्यक्रममा सांसद निर्जला राउत, मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डल र शिक्षा विकाश तथा समन्वय इकाइ प्रमुख शत्रुधन यादव लगायतहरूले वालवालिकाहरूलाइ पोशाक एंव किट वितरण गरि कार्यक्रम माथी प्रकाश पार्नुभएको थियो ।