FAQs Complain Problems

मटिहानी नागरपालिकामा प्रसुति सेवा सुरू

प्रसुति सेवा सुरू , २०७५/९/११ गते । 

महोत्तरी जिल्लाकोवडा नं ९ सिमरदहीमा  आज देखि प्रसुति सेवा केन्द्र  संचालनमा आएको  छ । स्वास्थय चौकी  सिमरदहीमा आधुनिक किसिमले  संचालनमा आएको सो  प्रसुति सेवा २४ सौ  घण्टा  संचालनमा रहने  स्वास्थय चौकीले जनाएको छ ।                                                                                        मटिहानी नागरपालिकामा ४ वटा स्वास्थय चौकी रहेतापनि हाल एक मात्र   स्वास्थय चौकी  सिमरदहीमा प्रसुति सेवा शुरु भएको हो । स्वास्थय चौकी  सिमरदही वि.स. वि.स. २०३९ सालमा स्थापना भएको हो । यसैवीच सो प्रसुति सेवाको एक सामारोह वीच प्रदेश नं २ का सामाजिक विकाश राज्य मंत्रि अभिराम शर्माले उद्घाटन् गर्नुभयो । सो अबसरमा उहाले यो प्रसुति सेवा केन्द्रले यहाका जनतालाई सो क्षेत्रमा साहयोग पुगने बताउनु भयो।                                                                                              मटिहानी नागरपालिका वडा नं ९ को वडाअध्यक्ष आविद हुसैनको सभापतित्वमा सम्पन्न् कर्यक्रममा मटिहानी नागरपालिका प्रमुख हरि प्रसाद मण्डल, सामाजिक विकाश मन्त्रालयका निमित साचिव ठुल्लो बाबु दहाल, स्वास्थय सेवा विभागका  महाशाखा प्रमुख  नवलकिशोर झा , प्रदेश नं २ का  स्वास्थय विभागका निर्देशक प्रमोद कुमार यादव, डा. राजीव झा , वालवोध राय लगायतका वक्ताहरु  प्रसुति सेवा केन्द्रवारे चर्चा गर्नुभयो ।   प्रसुति सेवा केन्द्रमा हाल २ जना अ .न .मी. रहने छ । सेवा केन्द्रमा प्रसुति हुने महिलालाइ ४ पटक जाच गराउनेलाई १८ सय र न्यनो झुलो वितरण गरिने पनि रहेको छ ।