FAQs Complain Problems

संक्षिप्त परिचय

स्थापना: २०७३
जम्मा वडा: ९
जनसंख्या: ३६,१३६
क्षेत्रफल: २९.०२ ( वर्ग कि.मी.)
समावेश गाविसहरू: मटिहानी, धिरापुर, मझौरा विसनपुर र सिमरदही गा.वि.स.

मटिहानी नेपालको मध्यमाञ्चल विकास क्षेत्र, जनकपुर अञ्चलको महोत्तरी जिल्लामा अवस्थित नगरपालिका हो। मटिहानी नगरपालिकामा रहेको नेपाल को लक्ष्मीनारायणमठ एक प्रसिद्ध मंदिर को रुपमा रहेको छ।यस मठकाे अगाडी एउटा ठुलो पोखरी लक्ष्मीसागर पोखरी रहेको छ। रामायणको अनुसार सीता माताकाे मटकाेर यही पाेखरीमा भएको थियो तथा  विहेमा वेदी वनाउनकाे लागी यहि पाेखरीवाट  माटाे लगिएकाे थियाे ।महोत्तरी जिल्लाका एक प्रसिद्ध स्कुल "श्री राम उच्च मा. वि.-८".तथा सबभन्दा पुराना संस्कृत कलेज यज्ञवालक्या क्याम्पस मटिहानी नगरपालिकामा पर्छ ।

हाल मटिहानी नगरपालिकाको कार्यालय साविक धिरापुर गा.वि.स.को कार्यालयमा रहेको छ। मटिहानी नगरपालिकामा हाल धिरापुर, मझौरा बिसनपुर, सिमरदही र मटिहानी गरी ४ वटा गाउका क्षेत्रहरु समावेश गरिएको छ।

जनसंख्या: ३६,१३६  ,     महिलाः १८,५८४             पुरूषः १७,५५२

साक्षरता दरः ५७।५२%, महिलाः ४८.७७%           पुरूषः ६६.९४%    

परिवार संख्या: ६७०९    परिवारको औषत आकार: ५.३९

लैङ्गिक अनुपात: ९४.४५

वार्षिक जनसंख्या वृद्धिदर: १.४६%

जनघनत्व: १२४५